एनटीए अध्यक्ष भण्डारीले औल्याए नयाँ टेलिकम कम्पनीको आवश्यकता « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

एनटीए अध्यक्ष भण्डारीले औल्याए नयाँ टेलिकम कम्पनीको आवश्यकता



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भुपेन्द्र पौडेलले नयाँ सेवा प्रदायकको आवश्यकता औल्याएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणको २६औं बार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पौडेलले नेपालमा थप टेलिकम कम्पनीको आवश्यकता रहेको बताएका हुन् ।

हाल नेपालमा दुई वटा टेलिकम कम्पनी छन् । नेपाल टेलिकम र एनसेलले मात्रै सेवा प्रवाह गरिरहेका छन् । तर, यी दुई कम्पनीहरुको सेवा प्रवाहबाट उपभोक्ताले खास राहत नपाएको अध्यक्ष पौडेलको भनाई छ ।

‘अहिले दुई वटा मात्रै टेलिकमको मात्रै एकाधिकार बढेको छ, यसले बजार प्रतिस्पर्धा पनि बनाउन सकिरहेको छैन । थप कम्पनीको आवश्यकता छ’, अध्यक्ष पौडेलले भने ।

विशेषगरि एनसेलको लाइसेन्स अवधि सकिन लागेकाले पनि थप कम्पनीको आवश्यकता औल्याएका हुन् । उनले भने,‘अहिले नेपाल टेलिकम र एनसेल मात्रै छन् । उपभोक्तालाई राहतको वातावरण समेत सृजना गर्न सकिरहेका छैनन् ।’ बजारमा थप कम्पनी भित्र्याउन फ्रिक्वेन्सी बाँडफाँडलाई सहज गर्न जरुरी रहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्