राष्ट्र बैंकका आधा दर्जन कार्यकारी निर्देशकहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका आधा दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकमा रहेका १८ जनामध्ये ६ जना विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको हो ।
राष्ट्र बैंकका अनुसार वित्त व्यवस्थापन विभागमा देवकुमार ढकाल, वाणिज्य बैंक सुपरिवेक्षणमा रामु पौडेल, सूचना प्रविधि विभागमा मुकुन्दकुमार क्षेत्री र मानव संसाधन विभागमा नरेश शाक्यलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, लघुवित्त सुपरीवेक्षण विभागमा विमलराज खनाल, आन्तरिक लेखा विभागमा रेवती प्रसाद नेपाललाई जिम्मेवारी दिइएको छ ।