मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स उपयुक्त स्थानमा निर्माण स्वीकृति « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स उपयुक्त स्थानमा निर्माण स्वीकृति



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सरकारले सैद्धान्तिक स्वीकृति दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । २०७८ असार पहिलो साता आएको बाढी मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुर्याएको थियो । बाढीले क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन समस्या छ । विशेषगरि वर्षायाममा मेलम्चीको पानी काठमाडौ नआउने समस्या छ ।

सरकारले आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्