खानेपानी मन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । जसपाबाट मन्त्री बनेका यादवले सोमबार पदभार ग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पोडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहणपछि सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर यादवले पदभार ग्रहण गरेका हुन् ।