महासंघ र ट्रेड युनियन बीच समस्या समाधान गर्न फोरम स्थापना « Arthapath.com
१९ भाद्र २०८१, बुधबार

महासंघ र ट्रेड युनियन बीच समस्या समाधान गर्न फोरम स्थापना



काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । त्यसका लागि आगामी मंसिर १३ गते महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको छ ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए। ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

बैठकमा जेचीयूसीसीका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसीरमा भएको समझदारी पत्र समिक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने बताए । उनले सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ वढाउदै जान पर्ने जरुरी रहेको बताए ।

यस्तै जेइएफओएनटीका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि वचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए ।
द्धिपक्षिय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडी आवश्यक रहेको बताए ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसीरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनुपर्ने विषयमा केन्द्रित हुनुपर्ने बताइ्न । साथै, दुइपक्षिय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानु भन्दा अगाडी दुई पक्षका बीच छलफल हुनका साथै अन्तरास्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिईएको थियो ।


प्रतिक्रिया दिनुहोस्