नेपाल पर्यटन बोर्डमा दोस्रो पटक सीइओ बने जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् ।
बिहीबार (भदौ २० गते) बसेको बोर्ड सञ्चालक समितिले जोशीलाई सीईओम नियुक्त गरेको हो ।
उनी यसअघि पनि बोर्डको सीइओ बनिसकेका व्यक्ति हुन् ।
बोर्डका सीइओ नियुक्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजकत्वमा तीन छनोट समिति गठन गरिएको थियो ।
सोही समितिले धरहेको तीन सदस्यीय छनोट उपसमितिले बिहिबारै आज नै जोशी, निवर्तमान सीईओ धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम सिफारिस गरेको थियो ।
तर, बोर्ड समितिले भने जोशीलाई सीइओमा नियुक्ति गरेको हो ।