सरकारी कर्मचारीलाई सेयर कारोबार गर्न रोक, सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन « Arthapath.com
२५ भाद्र २०८१, मंगलवार

सरकारी कर्मचारीलाई सेयर कारोबार गर्न रोक, सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन



काठमाडौं । देशभरीकै सम्पूर्ण सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ प्रतिवन्ध लगाउन निर्देशन दिएको छ ।

सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टि अमान्य हुने भन्दै टीएमएस प्रतिवन्ध लगाएको हो ।

सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्रचार गरि टीएमएस नचल्ने व्यवस्थाका लागि निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले सामाजिक संजाल फेशबुक मार्फत सरकारी कामकाजमा प्रतिकुल प्रभाव परेको र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएपछि सो निर्देशन दिइएको जनाएका छन् ।

यद्यपि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै प्रदेश र स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिएको छ ।

केही दिनअघि मात्रै सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएको थियो । त्यसपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थयो ।

त्यसपछि सरकारले देशभरका सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गर्न निर्देशन दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्