शिक्षा र रोजगारका क्षेत्रमा कोरियाली सरकारको योगदान उच्च छः मन्त्री पाण्डे « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

शिक्षा र रोजगारका क्षेत्रमा कोरियाली सरकारको योगदान उच्च छः मन्त्री पाण्डे



काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कोरियाली सरकार माध्यमबाट नेपाल आएर, अध्ययन, अनुसन्धान, भ्रमण गर्नका लागि आव्हान गरेका छन् ।

मन्त्री पाण्डेले शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पु¥याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

शनिवार नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा कोरिया राजदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘कोरिया र सरकारबीच सम्बन्ध निकै राम्रो छ । कुनै पनि कोणबाट हाम्रो सम्बन्ध नराम्रो छैन, आगामी दिनमा अझै प्रगाढ बनाउने छौँ । नेपालको विकासका निम्ति, शिक्षा, जलस्रोत कृषिका क्षेत्रमा पु¥याएको योगदान प्रति कृतज्ञ छौँ।’

मन्त्री पाण्डेले कोरियाले ५० हजार नेपालीहरू रोजगार दिइरहेकोमा कोरियाली सरकार प्रति धन्यवाद ज्ञापन गरे । प्रत्येक वर्ष दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको सङ्ख्या १० वटा देशमध्ये टप टेनमा परेको उल्लेख गरे ।

सांस्कृतिक आदान प्रदानका गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार हुनेमा विश्वास व्यक्त गर्नु भयो। नेपाली (कोरिया मैत्री सम्बन्धको अवसरमा कोरियाली दूतावासले कला परिषद्मा कोरियाको कला संस्कृति सम्बन्धी डिजिटल मार्फत प्रदर्शनी समेत गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गरे । यस्तै किसिमका कला सांस्कृतिक आधारित कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्