प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन उठ्यो १० करोड २६ लाख « Arthapath.com
२० आश्विन २०८१, आईतवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन उठ्यो १० करोड २६ लाख



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन १० करोड बढी सहयोग संकलन भएको छ ।

आइतबार मात्रै कोषमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा राजनीतिक दलहरुले १० करोड २६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार ग्लोबल आइएमई बैंकसहित आइएई ग्रुपबाट ५ करोड रुपैयाँ, नेपाल बैंबाट २ करोड, निर्माण व्यवसायी विकास परिषदबाट १ करोड रुपैयाँ संकलन भएको हो ।

यस्तै, नेपाल इन्स्योरेन्सले पनि कोषमा ५० लाख, एनएमबी बैंकले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग जम्मा गरिदिएका छन् ।

यस्तै, नेकपा एमालेबाट ५० लाख रुपैयाँ, नेपाली काँग्रेसबाट ५० लाख रुपैयाँ सहयोग आएको हो ।


प्रतिक्रिया दिनुहोस्