रवि लामिछानेलाई पक्राउ पूर्जी « Arthapath.com
१८ असार २०८२, बुधबार

रवि लामिछानेलाई पक्राउ पूर्जी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई अदालतले पक्राउपुर्जी जारी गरेको हो ।

जिल्ला अदालतले लामिछानेलाइै प्रक्राउ पुर्जी जारी गरेको हो ।

सहकारी हिनामिना प्रकरणमा मुछिएका लामिछानेलाई सहकारी रकम संसदिय छानविन समितिले उनिमाथी आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको थियो ।

लामिछाने संग्लग्न रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शनलगायतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ लिइएको अनुसन्धानबाट खुलेको छ ।

कास्की प्रहरीको प्रतिवेदनका आधारमा सहकारी ठगी प्रकरणमा १६ असोज २०८० मा रविका सहकर्मी तथा गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबी राई, अन्य कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

रविलाई आजै पक्राउगरी पोखरा लैजाने प्रहरीको तयारी छ । अहिले रास्वपाको कार्यालयमा कार्यकर्ताहरुको भिड लागेको छ ।


प्रतिक्रिया दिनुहोस्