कास्कीका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

कास्कीका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी



काठमाडौं । कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ । सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन् । प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। शहीदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी गरेको हो।

त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्