पोखरीया अस्पतालको स्तरउन्नती गरिने, छिट्टै प्रादेशिक अस्पतालमा परिणत हुँदै « Arthapath.com
२५ कार्तिक २०८१, आईतवार

पोखरीया अस्पतालको स्तरउन्नती गरिने, छिट्टै प्रादेशिक अस्पतालमा परिणत हुँदै



वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताए ।

सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने जानकारी गराए ।

पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको उनको भनाई छ । पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको जानकारी गराए ।

पोखरीया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधि लगायत विभन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तिब्र रुपमा अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरे ।

कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्