रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई आइतबार चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो। यसअघि कात्तिक २० गते लामिछानेमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप भएको थियो। तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले त्यतिबेला बिदाको दिनकोसमेत जोडेर म्याद थप गरिएको थियो।