साँझ ५ बजे मन्त्री परिषद बैठक, सेबोन अध्यक्ष नियुक्ती होला ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजेका लागि मन्त्री परिषद बैठक बोलाएका छन् ।
हरेक सोमबार मन्त्री परिषदको नियमित बैठक हुने भएकाले आज पनि बैठक बोलाइएको हो । तर आजको बैठक यस मानेमा बढी महत्वपूर्ण छ की करीब ११ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त हुनसक्ने संभावना छ ।
आइतबारमात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अघिकारी संयोजकत्वको सिफरिस समितिले सेबोनकै दुई कार्यकारी निर्देशक र सन्तोषनारायण श्रेष्ठको नाम सेबोन अध्यक्षका निम्ति मन्त्री परिषदमा सिफारिस गरेको थियो ।
सोमबारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा सेबोनमा नयाँ अध्यक्ष नियुक्त हुने संभावना उच्च रहेको छ ।