“बीआरआई कार्यान्वयन सम्झाैताका लागि थप छलफल र समय चाहिन्छ”- कांग्रेस « Arthapath.com
१९ असार २०८२, बिहीबार

“बीआरआई कार्यान्वयन सम्झाैताका लागि थप छलफल र समय चाहिन्छ”- कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकाे आसन्न चीन भ्रमणमा बीआरआईकाे विस्तारित कार्यान्वयन सम्झाैतामा हस्ताक्षर गर्न नहुने धारणा अघि सारेकाे छ।

कांग्रेस प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा भने,- “हामीले ७ वर्षअघि सैध्दान्तिक समझदारीमा हस्ताक्षर गरेका थियाैं। तर अहिले बहुआयामिक स्वरूपकाे कार्यान्वयन सम्झाैताकाे खाका आएकाे छ भन्ने सुनेकाे छु।”

चीनले बीआरआई विश्वब्यापि अवधारणाकाे रूपमा अघि सारेकाे भए पनि हामीले गर्ने सम्झाैताहरू भावनामा बगेर हाेइन, आफ्ना राष्ट्रिय हितकाेे संवध्दन हुने गरी दुईपक्षीय ढाँचामा अघि बढाउनु पर्ने डा. महतले बताए।

उनले थपे,- “यस्ता सम्झाैतामाथि विस्तृत र व्यापक छलफल हुनुपर्छ। हामी परस्पर हित र राष्ट्रिय स्वार्थ सुनिश्चित हुने विन्दुमा पुग्न सक्दैनाैं भने थप समय लिन सकिन्छ।”

हरेक देशले आफ्नाे हित र स्वार्थलाई सुरक्षित गर्ने, मजबूत पार्ने र विस्तार गर्नेभन्दा बाहेक कुनै पनि शर्तमा विदेश नीति सञ्चालन गर्नु नहुने डा. महतले बताए ।

“कुनै देश रिसाउलान् कि, अप्ठेराे पार्लान् कि भन्ने धारणाबाट प्रभावित भएर विदेशीले जे भन्छन्, त्यही मानिहाल्ने अभ्यास छ”, उनले भने “याे ठीक हाेइन।”


प्रतिक्रिया दिनुहोस्