नेकपा एमाले बेलकोटगढी नगरको दोस्रो अधिवेशन शनिबार हुँदै, पूर्वमन्त्री भट्टराईले सम्वोधन गर्ने « Arthapath.com
१२ पुष २०८१, शुक्रबार

नेकपा एमाले बेलकोटगढी नगरको दोस्रो अधिवेशन शनिबार हुँदै, पूर्वमन्त्री भट्टराईले सम्वोधन गर्ने



काठमाडौं । नेकपा एमाले बेलकोटगढी नगर कमिटीको दोस्रो अधिवेशन भोलि अर्थात् पुुस १३ गते शनिवार हुँदै छ ।

अधिवेशन बेलकोटगढी नगरपालिका–७ महादेवफाँट रातमाटेमा हुने छ । अधिवेशनलाई नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई सम्वोधन गर्नेछन् ।

यस्तै, नेकपा एमाले नुवाकोटका इन्चार्ज तथा पूर्वमन्त्री केशवराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

अधिवेशनका लागि विभिन्न वडाहरूमा प्रतिनिधि छनोट भइसकेकोृ बताइएको छ । प्रतिनिधि छनोट प्रक्रियामा एकताका साथ सहभागी हुन राष्ट्रिय युवा सघ नेपालका सह–सचिव राममणी ढुंगानाले आह्वान गरेका छन्।

उनले अधिवेशनलाई बिगतको समीक्षा गर्दै कमि–कमजोरी सच्याउने तथा भविष्यका नीति र कार्ययोजना निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले भने,‘ढुंगानाले वडास्तरमा विवाद होइन, गहन छलफल गरी सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । यदि सर्वसम्मति सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पार्टीको लोकतान्त्रिक अभ्यासलाई आत्मसात पर्छ ।’

पार्टी भित्रको प्रतिस्पर्धालाई व्यक्तिगत असहमतिको रूपमा नलिन ढुंगानाले अनुरोध गरेका छन् । प्रतिस्पर्धालाई क्षमता मापन र विकासको अवसरका रूपमा लिई अधिवेशनलाई सौहार्दपूर्ण रूपमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस्