सहकारीमा देखिएका समस्या समाधान उन्मुख रहेको प्रधानमन्त्रीको दाबी « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

सहकारीमा देखिएका समस्या समाधान उन्मुख रहेको प्रधानमन्त्रीको दाबी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सांसद प्रकाश ज्वालाले उठाएको प्रश्नको जवाफ दिँदै सहकारीमा पहिले देखिएका समस्याहरु विस्तारै समाधान उन्मुख रहेको बताएका हुन् ।

चालु आर्थिक वर्षमा मात्रै सहकारी ठगीमा १ अर्ब ११ करोड ठगी गरेको आरोपमा ४८ वटा मुद्धा दर्ता भइसकेको उनले जानकारी दिए । सरकारले सहकारी सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ ले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोशेढु‌ङ्गा सावित हुने उनले दाबी गरे ।

बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरुको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरी कार्यसम्पादन भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्