गभर्नर नियुक्तिको लागि तीन सदस्यीय समिति गठन « Arthapath.com
११ चैत्र २०८१, सोमबार

गभर्नर नियुक्तिको लागि तीन सदस्यीय समिति गठन



काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्