सडकको स्तर अनुसार रुट अनुमति दिईनु पर्नेमा मन्त्री दाहालको जोड « Arthapath.com
१३ चैत्र २०८१, बुधबार

सडकको स्तर अनुसार रुट अनुमति दिईनु पर्नेमा मन्त्री दाहालको जोड



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायातको पहुँच र प्रभाव नागरिकको जीवनमा झल्कनु पर्ने बताएका छन् ।

यातायात मिडीया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको ‘सरकारको यातायात नीतिः अवसर र चुनौती’ विषयक अन्तरक्रियालाई संवोधनका क्रममा उनले यस्तो बताएका छन् ।

मन्त्री दाहालले ग्रामिण क्षेत्रका बासिन्दाको समेत जीवनशैली र आर्थिक स्तर सुधारमा सहयोग पुग्ने गरि यातायातको पहुँच विस्तार गरिनु पर्ने पनि बताए ।

यातायात पूर्वाधार, सवारी सधान र यातायात सेवाको मापदण्डमा समय सापेक्ष सुधार तथा नयाँ मापदण्ड निर्धारण गरि कार्यान्वयन गरिने समेत उनले बताए । व्यवस्थित सेवा प्रवाहका लागि रुट व्यवस्थापनलाई समेत वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले सडकको स्तर अनुसार रुट अनुमति दिईनु पर्ने बताए ।

यातायात व्यवस्थापन, सञ्चालन र नियमतलाई प्रवभाकारी बनाउन नविनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धती अवलम्बन हुने गर आवश्यकता अनुसार कानूनी तथा संस्थागत पुर्नसंरचना गरिने उनको भनाई छ ।

सहरी विकास योजना र भुउपयोगसँग सामञ्जस्य कायम राख्दै वृहत परिवहन सहितको एकिकृत सार्वजनिक सहरी यातायात प्रणालीको विकास गरिने उनको भनाई छ ।

आयोजना छनौटका प्रकृयागत विधि तथा चरण पश्चात कार्यान्वयन योग्य आयोजनाको सुची सहितको आयोजना वैक तयार गरि प्राथमिकताका आधारमा क्रमश कार्यान्वयनमा लगिने मन्त्री दाहालले बताए ।

सडक वोर्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा यातायात सम्वद्ध विभिन्न क्षेत्रका प्रतिनिधी, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्