गैरकानुनी रूपमा पदमुक्त गराएको भन्दै कुलमान पुगे सर्वोच्च अदालत

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी भन्दै उनी सर्वोच्च अदालतमा पुगेका हुन्।
उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको छ।