विकास सुरु गर्नु अघि रिर्सच गर्न जरुरी छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटो सँगै लैजानुपर्ने बताए ।
काठमाडाँैमा आज नेपाल फेमिली कोर्ट स्टडीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले नेपालमा विकास गर्नु अघिको वास्तवीक खोजी नहुँदा विकास हचुवाको भरमा हुने अवस्था आएको बताए । कुन ठाँउमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दिर्घकालीन प्रभाव के हुन्छ ? लगायतका न्युनतम आधारबारे जाँचबुझ नै नगरि विकासको योजना बनाउदा धेरै असफल हुनुपरेको दृष्टिान्त माथि उनले उल्लेख गरे ।
शिक्षा, स्वास्थ्यको क्षेत्रमा त रिर्सजन मेथड अति अनिवार्य रहेको मन्त्री गुरुङको धारणा छ । त्यस्तै, विभिन्न संघसंस्थाले गरेको निश्चीत विषयको अनुसन्धानको निश्र्कषले राज्यको नीति तथा कानुन निर्माणमा मार्गदर्शन गर्ने समेत बताए । उनले भने,‘हामी कहाँ हचुवाको भरमा विकास हुन्छ, सम्बन्धीत विषयमा रिर्सच गरेर योजना बनाउने अभ्यासको कमि छ ।’
सरकारले बनाउने बजेट पनि समेत योजना बिहिनीन हुने हुँदा अब आवश्यकता पहिचान गरि बजेटको सिलिङ निर्धारण गर्नु पर्ने बताए । कार्यक्रममा स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्था माथि छलफल गरिएको थियो ।