श्रमिकको हक हितका लागि सरकार प्रतिबद्ध छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन ।
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका रहँदै आएको बताए ।
मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि श्रमिकहरुको हक र अधिकारको सुनिश्चितता गर्दै नयाँ र परिष्कृत तवरले जुट्नु पर्ने हामी सबैको सामुहिक अभिभारा रहको उल्लेख गरेका छन ।
आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्धेश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । ‘आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्धेश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको छ। यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम संग सम्बन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ’ उनले भने ।
श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम संग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको बताउँदै सबै तहका सरकार तथा सरोकारवालासंगको सहकार्यमा श्रम बजारको प्रवद्र्धन र विकासका लागि चरणवद्ध एवं प्रभावकारी तवरले कार्य गर्नेगरी अभियान सञ्चालन गर्ने चरणमा पुगेको जानकारी दिए। ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूजी र जाँगरको उचित उपयोग गर्दे ‘स्कील्ड नेपाल र सीपयुक्त नेपाली’ को अवधारणामा आगामी दिनमा डिजिटल ट्रयाप, डेथ ट्रयाप र डेट ट्रयाप बाट बाहिर निकाल्न लागि मन्त्रालय कटिबध्द रहेको उल्लेख गरेका छन । उनले २०२५ को अन्तर्राष्ट्रिय श्रम दिवसमा सबै श्रमजीवी तथा रोजगारदाताहरु एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आव्हान गरेका छन्।