संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने

काठमाडौं । सरकारले यसै बर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि यसै बर्ष अघि बढाउने भएको हो ।
‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’