संसदमा उठ्यो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

संसदमा उठ्यो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग



काठमाडौं, । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबिच भइरहेको तनावका विषयमा सरकारको धारणा माग गरेका छन्

नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।.उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका हुन्।‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु` उनले भने ।

सांसद मुक्ताकुमारी यादवले दुई देशबिच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराइन् । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उनले सरकारसँग आग्रह गरिन् ।


प्रतिक्रिया दिनुहोस्