प्रकोप र जलवायु परिवर्तनले नेपालको आर्थिक संरचनामा गम्भीर असर पुर्याउँछ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताए ।
श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
नेपाल तराईको समथर भुभागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी, पहिरो खडेरी, शीतलहर, चटयाङ, हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षती , पुर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए ।
कृषि मन्त्री अधिकारीले जोखिम सम्वन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्दि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुरयाउने कार्यमा नेपाल प्रतिवद्घ रहेको उल्लेख गरे ।
‘जलवायु परिवर्तनले जोखिमहरुको आवृति र अनिश्चितता झन बढाएको छ । यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ’, मन्त्री अधिकारीले भने ।
जलवायु उत्थानशील तथा प्रभावकारी पुर्वसुचना प्रणालीका लागि सदस्य राष्ट्रहरुबीच साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको बताए ।
श्रीलंका सरकार र क्षेत्रीय एकिकृत वहुजोखिम पुर्व चेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरुमा जोखिम र जोखिम पुर्वको पुर्व सुचना र एकिकृत प्रयासका सम्वन्धमा सम्मेलनमा छलफल भएको छ ।