बालुवाटारमा केही पाक्दैछ ? सत्ता घटकको बैठक लगत्तै मन्त्रीपरिषद् सुरु  « Arthapath.com
२५ बैशाख २०८२, बिहीबार

बालुवाटारमा केही पाक्दैछ ? सत्ता घटकको बैठक लगत्तै मन्त्रीपरिषद् सुरु 



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ । 

सरकारको बारेमा बजारमा अनेक चर्चा भइरहँदा काँग्रेस र एमालेका नेताहरूको बैठक पछि मन्त्रीपरिषद् बैठक बसेको हो । 

सत्ता घटकका नेताहरूको बैठक बालुवाटारमा बसेको हो । बैठकमा काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक तथा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा स्थायी समिति सदस्य अग्नि खरेल सहभागी छन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको प्रधानमन्त्री निवासले जनाएको छ । 

साँझ ५ बजेको लागी बोलाइएको बैठक झन्डै ३ घण्टा ढिलो गरी सुरु भएको हो । 

बैठकले राष्ट्र बैंकको रिक्त रहेको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । 


प्रतिक्रिया दिनुहोस्