सर्वोच्चले खोल्यो पाथीभरामा केबलकार निर्माणको बाटो, अव द्रुत गतिमा काम अघि बढ्ने  « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

सर्वोच्चले खोल्यो पाथीभरामा केबलकार निर्माणको बाटो, अव द्रुत गतिमा काम अघि बढ्ने 



काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । 

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । 

पाथीभरा केबलकार निर्माण कार्य रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । 

दुई पक्षको छलफलपछि डा। नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो । 

यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माणको काम अघि बढेको थियो ।

सर्वोच्चको आदेशपछि अव केबलकार निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने आइएमई ग्रुपले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्