गभर्नर सिफारिस समितिको बैठक सुरु, क–कसको नाम हुँदैछ सिफारिस ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

गभर्नर सिफारिस समितिको बैठक सुरु, क–कसको नाम हुँदैछ सिफारिस ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । बैठक अर्थमन्त्रालयमा सुरु भएको हो ।

बैठकमा सिफारिस समितिका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे छन् ।

बैठकमा गभर्नर छनोटका लागि आवश्यक प्रक्रिया लगायतका बारेमा छलफल हुनेछ । बैठकले नयाँ गभर्नरका लागि तीन जनाएको नाम सिफारिस गर्नेछ ।

स्रोतका समितिले डा. विश्व पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नरसमेत रहेकी डा. निलम ढुङ्गाना र डा. अङगराज तिमल्सिनाको नाम सिफारिस गर्नेछ ।

यद्यपि, राजनीतिक तहबाट डा. पौडेललाई गभर्नर बनाउने लगभग निश्चित भइसेको छ । बाँकी दुई जनाको नाम भने प्रक्रियागत आवश्यकताका आधारमा समावेश हुनेछ ।

समितिबाट सिफारिस भएपछि आजै बस्ने मन्त्रिपरिषदको बैठकले एक जनालाई राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ति गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्