आर्थिक सर्वेक्षण आज संसदमा पेस हुँदै

काठामाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नोत्तरसमेत हुनेछ ।
साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने तयारी छ ।
शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट आएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सार्ने कार्यक्रम पनि कार्यसूचीमा छ ।