बजेटअघि राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटबारे जानकारी गराएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मन्त्री पौडेलले बजेटको तयारी, प्राथमिकता र दिशा समेटिएको प्रस्तुति दिएका हुन् ।
संविधानअनुसार सरकारले आगामी बिहीबार (जेठ १५ गते) संघीय संसदमा बजेट पेस गर्दैछ । राष्ट्रपति कार्यालयका अनुसार बजेटबारे राष्ट्रपति पौडेललाई जानकारी गराउने यो औपचारिक भेटघाट हो ।