भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध, बैठक स्थगित « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध, बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै विपक्षी सांसदहरूले बैठक सुरु भएदेखि नै नाराबाजी गरिरहेका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठनको मागसमेत गरेका छन् ।

सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न अनुमति दिए पनि अवरोध नरोकिएपछि बैठक स्थगित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्