भोलि ३ बजे संसदमा बजेट पेस गर्दै अर्थमन्त्री, यस्ताे छ कार्य सूचि « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

भोलि ३ बजे संसदमा बजेट पेस गर्दै अर्थमन्त्री, यस्ताे छ कार्य सूचि



काठमाडाैं। सरकारले बिहिबार (जेठ १५ गते) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदै छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्ने भएका छन्।

संघीय संसद्को दैनिक कार्यसूचीमा अर्थमन्त्रीले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने समय अपराह्न ३ बजेलाई तोकिएको छ।

त्यसअघि दिउँसो १ः३० बजे सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेकाे छ।

त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री पौडेलले बजेटअघि नै दिउँसो १ः३० मा आव २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।

दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची राखिएको छ।

संसद् सचिवालयका अनुसार बजेट पेस हुने समय ३ बज्नुअगावै सबै सांसदहरुलाई २ः४५ बजेअगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन भनिएको छ।


प्रतिक्रिया दिनुहोस्