आर्थिक वृद्धि ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

आर्थिक वृद्धि ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्यो



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेका छन् ।

चालु आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको छ । मधेस, कोसी र सुदूरपश्चिम बाहेकका सबै प्रदेशको वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहने अपेक्षा गरिएको छ ।

अर्थतन्त्रको कुल आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने बताइएको छ । कृषिको योगदान २५.१६ प्रतिशत रहेको र मुद्रास्फीति ४.७२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

फागुन मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको छ। सबै स्थानीय तहमा बैंक शाखा पुगेको र वित्तीय पहुँच विस्तार भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्