बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया : ‘यथार्थमै आधारित र अनुशासन भित्रको बजेट’, निजी क्षेत्र प्रोत्साहित हुने « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया : ‘यथार्थमै आधारित र अनुशासन भित्रको बजेट’, निजी क्षेत्र प्रोत्साहित हुने



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट यथार्थपरक बजेट ल्याएको दावी गरेका छन् ।

उनले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको अनुशासनमैत्री र कार्यान्वयनमा केन्द्रित रहेको दाबी गरेका हुन् ।

बिहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनका अनुसार कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट विगत वर्षको तुलनामा ठूलो भए पनि बजेट अनुशासनको सीमा ननाघेको दाबी गरे ।

उनले भने,‘अनावश्यक स्रोतको अनुमान गरिएको छैन, बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ ।’ पौडेलले आर्थिक चुनौतीहरूलाई नजरअन्दाज नगरी त्यसको सामना गर्दै योजनाबद्ध रूपमा बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले विकास खर्चको प्रभावकारी उपयोग, स्वदेशी उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, तथा वातावरणमैत्री पूर्वाधार निर्माणमा बजेट केन्द्रित गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्