बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेको छ : अध्यक्ष ढकाल « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेको छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बजेटमा महासंघले दिएको धेरै सुझाव समेटिएको बताए ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया अध्यक्ष ढकालले बजेटप्रति खुशी व्यक्त गरेका छन् ।

बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेको बताए । जसले आगामी आर्थिक वर्ष फरक हुनेछ भन्ने विश्वास जगाएको उनको प्रतिक्रिया छ ।

ढकालले बजेट कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने जोड दिए । ‘बजेट पढ्दा राम्रो देखिन्छ, तर कार्यान्वयनमा के हुन्छ भनेर हेर्नुपर्ने हुन्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस्