बजेटमा स्रोत जुटाउने समस्या र कार्यान्वयनको अनिश्चितता : पूर्व अर्थमन्त्री डा. महत « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

बजेटमा स्रोत जुटाउने समस्या र कार्यान्वयनको अनिश्चितता : पूर्व अर्थमन्त्री डा. महत



काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट मार्फत प्रक्षेपण गरिएको स्रोत नजुट्ने समस्या रहेको बताए । विगतमा बजेट कार्यान्वयन नहुँदा धेरै समस्या र निराशहरु हुने गरेको बताए ।

इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले पनि १९ खर्ब ६४ अर्ब बढीको बजेट प्रस्तुत गरिएको छ । मैले बजेट प्रस्तुत गर्दा पनि धेरै संघर्ष गर्नुपरेको थियो । बजेटमा धेरै आयोजनाहरु समावेश गरेर धेरैलाई एकछिन खुशी पार्न सक्छौं । तर, कार्यान्वयन नहुँदा निराशहरु बढ्छन् । अहिले नै हामी आलोचना खेप्न तयार हुनुपर्छ । दीर्घकालिन परिणाम देखिएपछि मान्छेले एप्रिसियट गर्छन् ।’

यसपालि पनि प्रस्तावित बजेट, राजश्व प्रक्षेपण पनि आउन नसक्ने बताए । वैदेशिक अनुदान पनि बजेटमा उल्लेख गरिएअनुसार नआउने दावी गरे ।

उनले भने,‘पुँजीगत खर्च गर्न भनेर जुन प्रस्ताव गरिएको छ । त्यो अनुसार स्रोत नै जुट्दैन । रकमान्तर गरेर केही आयोजनाहरु पुरा गर्ने प्रचलन छ ।’


प्रतिक्रिया दिनुहोस्