नेपालको बजेट नीतिगत र सैद्धान्तिक अलमलमा, कानुनी सुधार बिना कार्यान्वयन सफल हुँदैन: पूर्व अर्थमन्त्री शर्मा « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

नेपालको बजेट नीतिगत र सैद्धान्तिक अलमलमा, कानुनी सुधार बिना कार्यान्वयन सफल हुँदैन: पूर्व अर्थमन्त्री शर्मा



काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपाल नीतिगत र सैद्धान्तिक ठुला अलमलमा रहेको बताए ।

संविधानमा लेखिएको समाजवाद उन्मुख तीन खम्बे अर्थनीतिलाई अनुसारकै बजेट निर्माण गरिनुपर्नेमा जोड दिए ।

इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् ।

निजी क्षेत्रले काम गर्न सहज वातावरण निर्माण हुँदा मुलुकको अर्थतन्त्र चलायमान हुने बताए । उनले भने,‘सार्वजनिक क्षेत्र शासक बनेको छ, पार्टनर होइन । सहकारी अर्थतन्त्रको तेस्रो खम्बा भन्छौ, त्यो भाँच्चि सक्यो, त्यसको मर्मत सम्भार छैन । हामीले बजेटमा जतिसकुै कुरा लेखे पनि परिणाममा के आउने हो ?

गरिबीको खाडल पुर्न भन्दा बढाउने तर्फ बजेट लक्षित भएको उनको दावी छ । गरिबीको खाँडल पुरे मात्रै बजेट सफल हुने बताए ।

बजेटमा जति सुकै लेखे पनि कानुनहरु विकास विरोधी रहेको बताए । उनले भने,‘हिजो पनि लेखेकै कुरा हो । हाम्रा कानुनहरु विकास विरोधी छन्, अझै पनि यथावत छन् ।’ कानुन संशोधन भएमात्रै बजेट कार्यान्वयन सफल हुने बताए ।


प्रतिक्रिया दिनुहोस्