कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत आज दिउँसो ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीमा केन्द्रित कार्यक्रम समेटिने अपेक्षा गरिएको छ ।