कसले छाप्छ यति धेरै पैसाको विज्ञापन ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

कसले छाप्छ यति धेरै पैसाको विज्ञापन ?



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् साढे ८४ करोड रुपैयाँ बराबरको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च छुट्याएको छ ।

यो भनेको मन्त्रालय र तीनको अन्तरगत निकायको बजेट हो । संघीय सञ्चित कोषबाट भुक्तानी हुने गरी विनियोजित बजेटमा यति ठूलो विज्ञापन खर्च राखिएको छ ।

बजेटको कार्यगत विनियोजन सम्बन्धी अनुसूचीले ‘प्रशारण तथा प्रकाशन सेवा’का लागि ३५ करोड ३८ लाख बजेट छुट्याएको भनेको छ । त्यस्तै भुक्तानी विधीका आधारमा विनियोजित बजेटले पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्चमा ८४ करोड ५१ लाख बजेट छुट्याएको छ ।

उक्त साढे ८४ करोडमध्ये ८१ करोड ४८ लाख रुपैयाँ राजस्वबाट प्राप्त हुने भनिएको छ । अर्थात् यो करदाताको पैसा हो । बाँकी २ करोड ७१ लाख वैदेशिक सहयोगबाट र ३२ लाख रुपैयाँ चाहीँ सोझै भुक्तानी हुने माध्यमबाट खर्च जुटाइने रातो किताबमा उल्लेख छ ।

यो खर्चमा सरकारले एकमुष्ठ अनुदान उपलब्ध गराउने संस्थाहरु, प्रतिष्ठान, बोर्ड, परिषद्, प्रतिष्ठान, समिति, नियामक निकायहरु, संस्थानहरु, स्वायत्त संस्थाहरु, सरकारद्वारा सञ्चालित अस्पताल, विश्वविद्यालयजस्ता विभिन्न संस्थाहरु, कार्यक्रमहरुको विज्ञापन खर्च समेटिएको छैन ।

उदाहरणका लागि नेपाल राष्ट्र बैंकदेखि सरकारी स्वामित्वका बैंकहरुको विज्ञापन खर्च यहाँ देखिँदैन । यस्ता धेरै संस्थाको विज्ञापन बजेट यहाँ उल्लेख छैन । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगमजस्ता संस्थाको विज्ञापन खर्च पनि यहाँ देखिँदैन । तै पनि झण्डै १ अर्बको बजेट यो शीर्षकमा छ ।

हामीले बजेटको व्यव अनुमान विवरण (रातो किताब)बाट सरकारी निकायहरुको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च शीर्षकमा छुट्याइएको बजेटबारे संक्षिप्त सूची तयार पारेका छौँ । यो सूचीमा संवैधानिक निकायहरु, मन्त्रालयहरु र स्वायत्त संस्थहरु बाहेकको खर्च उल्लेख छ । त्यसमा पनि १० लाखभन्दा बढी बजेट छुट्याइएको विवरणमात्रै यहाँ दिइएको छ ।

यसो गर्नुको कारण चाहीँ बजेट विनियोजन भएका संस्थाहरुको सूची असाध्यै लामो भएकाले हो । सम्पूर्ण संस्थाको विवरण हेर्न रातो किताब नै हेर्नुपर्ने हुन्छ, जुन यस समाचारको पुछारमा उपलब्ध छ ।

१. प्रधामन्त्री कार्यालय अन्तर्गत

  • सार्वजनिक खरीद अनुगमन कार्यालयलाई ४१ लाख
  • राजस्व अनुसन्धान विभागलाई ४६ लाख,
  • सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई २५ लाख,
  • राष्ट्रिय अनुसन्धान विभागलाई २२ लाख,
  • राष्ट्रिय तथ्यांक कार्यालयलाई ९८ लाख,
  • राष्ट्रिय योजना आयोगलाई ३१ लाख,

२. अर्थ मन्त्रालय अन्तर्गत

  • एमसीसीलाई नेपाल सरकारले ९ लाख र अमेरिकाले २१ लाख
  • निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई १४ लाख
  • कोष तथा लेखा नियन्त्रण कार्यालयहरुलाई ३८ लाख,
  • भन्सार विभागलाई २९ लाख, तथा भन्सार कार्यालयहरुलाई २ करोड २२ लाख, भन्सार सुधार कार्यक्रमलाई थप ५ लाख,
  • आन्तरिक राजस्व विभागलाई १ करोड १३ लाख, आन्तरिक राजस्व कार्यालयहरुलाई ३ करोड ५४ लाख,
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई १८ लाख,

३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत

  • रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनालाई १३ लाख,
  • खानी तथा भूगर्भ विभागलाई ११ लाख,
  • नेपाल गुणस्तर तथा नापतौल विभागलाई १८ लाख, गुणस्तर तथा नापतौल कार्यालयहरुलाई थप २२ लाख,
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई १४ लाख,
  • व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई १५ लाख,
  • ४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत
  • जल तथा मौसम विज्ञान विभागलाई ९ लाख, जल तथा मौसम विज्ञान कार्यक्रमलाई १२ लाख,
  • जलस्रोत तथा सिँचाइ विभागलाई १० लाख,
  • सिँचाइका मर्मत सम्भार आयोजनाहरुलाई २४ लाख,
  • सिँचाई तथा जलस्रोत व्यवस्थापन कार्यक्रमलाई २१ लाख,

५. कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत

  • कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमलाई २९ लाख,
  • प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यक्रमलाई २८ लाख,
  • राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमलाई १ करोड २२ लाख
  • खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनालाई ४३ लाख
  • ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रमलाई ३२ लाख,
  • उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमलाई ४४ लाख
  • कृषि विभागमा ११ लाख,
  • राष्ट्रिय आलु, तरकारी तथा मसला विकास कार्यक्रमलाई १५ लाख,
  • बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रमलाई १८ लाख,
  • केन्द्रिय कृषि प्रयोगशाला कार्यक्रमलाई १५ लाख,
  • पशु सेवा विभाग र मत्स्य विकास कार्यक्रमलाई १८ लाख,
  • पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यक्रमलाई ३७ लाख,
  • पशु स्वास्थ्य रोग अन्वेषण तथा नियमन कार्यक्रमलाई २८ लाख,
  • पशु क्वारेन्टाइन सेवा कार्यक्रमलाई १० लाख,
  • खाद्य पोषण तथा प्रविधि कार्यक्रमलाई ९६ लाख,
  • कृषि अनुसन्धान कार्यक्रमलाई १ करोड ९८ लाख,
  • पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदलाई ८ लाख,

६. खानेपानी मन्त्रालय अन्तर्गत

  • खानेपानी विभागलाई २१ लाख,
  • संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुलाई २६ लाख
  • ढल निर्माण तथा प्रशोधन कार्यक्रमलाई १० लाख,
  • खानेपानी सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रमलाई ४७ लाख,

७. गृह मन्त्रालय अन्तर्गत

  • राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई १२ लाख,
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई ८० लाख,
  • अध्यागमन विभागलाई ३५ लाख तथा कार्यालयहरुलाई अर्को ३५ लाख
  • नेपाल प्रहरीलाई ५ करोड ६९ लाख,
  • सशस्त्र प्रहरीलाई ५ करोड ४६ लाख,
  • प्रहरी किताब खाना र कसुरजन्य सम्पत्ती व्यवस्थापन विभागलाई २१ लाख,
  • जिल्ला प्रशासन कार्यालयहरुलाई १ करोड ८ लाख,
  • इलाका प्रशासन कार्यालयहरुलाई १० लाख,

८. परराष्ट्र मन्त्रालय अन्तर्गत

  • नेपाली दूतावास, नियोग र महावाणिज्य दूतावासहरुका लागि ६९ लाख,
  • राहदानी विभागका लागि १४ लाख, कन्सुलर सेवा विभागका लागि ६ लाख,

९. वन तथा वातावरण मन्त्रालय अन्तर्गत

  • नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमलाई ११ लाख,
  • राष्ट्रिय चुरे संरक्षण आयोजनाका लागि १३ लाख,
  • समृद्धिका लागि वन कार्यक्रमका लागि १९ लाख,
  • जलवायु उत्थानशील चुरे कार्यक्रमका लागि ३५ लाख,
  • राष्ट्रिय निकुञ्ज सुरक्षा टोली (नेपाली सेना)का लागि २८ लाख,
  • राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजनाहरुका लागि १६ लाख,

१०. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत

  • जग्गा प्रशासन सुदृढिकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रमका लागि ५७ लाख,
  • भूमि व्यवस्थापन तथा अभिलेख विभागका लागि १ करोड ६१ लाख,
  • भूमि सुधार तथा मालपोत कार्यालयहरुका लागि १ करोड १७ लाख,
  • नापी कार्यालयहरुका लागि ४७ लाख,
  • नापी कार्यालय सुधार कार्यक्रमका लागि १० लाख,

११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत

  • काठमाडौँ तराई मधेष फास्ट ट्रयाक आयोजनालाई १९ लाख,
  • सडक विभागलाई १५ लाख,
  • डिभिजन सडक कार्यालयहरुलाई १५ लाख,
  • हेभी इक्वीपमेन्ट डिभिजनहरुलाई १६ लाख,
  • यातायात व्यवस्था विभागलाई २० लाख,
  • सवारी परीक्षण कार्यालयहरुलाई १० लाख,
  • यातायात व्यवस्था सुदृढिकरण आयोजनाका लागि ११ लाख,

१२. रक्षा मन्त्रालय अन्तर्गत

  • जंगी अड्डालाई ४ करोड १६ लाख,
  • सैनिक हवाइ महानिर्देशनालय र वीरेन्द्र अस्पतालका लागि ६५ लाख,

१३. शहरी विकास मन्त्रालय अन्तर्गत

  • बागमती सुधार आयोजनालाई २७ लाख,
  • शहरी विकास तथा भवन निर्माण विभागलाई ३२ लाख,
  • संघीय शहरी विकास आयोजनालाई ११ लाख,
  • क्षेत्रीय शहरी विकास कार्यक्रमलाई १० लाख,
  • स्थानीय पूर्वाधार विकास विभागलाई ५९ लाख,
  • झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई १० लाख,
  • प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमलाई १० लाख,

१४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत

  • तीन वटा पुस्तकालयहरु (डिल्लीरमण, केशर र राष्ट्रिय)लाई १३ लाख,
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई २७ लाख,
  • शिक्षा विकास तथा समन्वय इकाईलाई १ करोड १६ लाख,
  • विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ३२ लाख,
  • विद्यालय शिक्षक किताबखानाका लागि २२ लाख,
  • शिक्षक सेवा आयोगका लागि ४७ लाख,
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का लागि १४ लाख,

१५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत

  • हुलाक सेवा विभागलाई २९ लाख,
  • हुलाक निर्देशनालयहरुलाई २६ लाख,
  • गोश्वारा तथा जिल्ला हुलाकहरुको लागि १ करोड ८४ लाख,
  • हुलाक प्रशिक्षण केन्द्रका लागि १४ लाख,

१६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत

  • पशुपति होमियो चिकित्सालय र युनानी औषधालयका लागि १२ लाख,
  • स्वास्थ्य सेवा विभागलाई १० लाख
  • एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रमका लागि १८ लाख,
  • परिवार कल्याण कार्यक्रमका लागि ४० लाख,
  • राष्ट्रिय स्वास्थ्य तालिम कार्यक्रमलाई २१ लाख,
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई १५ लाख
  • औषधि व्यवस्था विभागलाई २४ लाख,

१७. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत

  • राष्ट्रिय रोजगार कार्यक्रमलाई १० लाख,
  • श्रम तथा रोजगार कार्यालयहरुलाई २२ लाख
  • वैदेशिक रोजगार विभागलाई ११ लाख
  • व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई २९ लाख

१८. अन्य मन्त्रालय मातहत

  • प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि १३ लाख,
  • निजामति किताब खानाका लागि २१ लाख,
  • महिला समुत्थान कार्यक्रमलाई ३१ लाख,
  • राष्ट्रिय बाल अधिकार परिषदलाई १८ लाख,
  • राष्ट्रिय खेलकुद परिषदलाई २३ लाख,

यस्तो छ रातो किताबको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस्