प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको जानकारी दिएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजिनामा माग गरिएको हो ।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नदिएसम्म संसद् अवरुद्ध गर्ने अडान राखेका छन्। यस विषयमा सत्ता र प्रतिपक्षी दलहरूबीच छलफल जारी रहेको छ । तर, अहिलेसम्म सहमति हुन सकेको छैन ।