आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ « Arthapath.com
२ असार २०८२, सोमबार

आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइसिटी क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य हुनुपर्ने बताए ।

मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समिक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सूचनाप्रविधिको विकास स्थानीय तह सम्मै व्यापक हुनुपर्नेमा जोड दिए ।

उनका अनुसार आइटी डेलाई सरकारले उत्सवको रुपमा मनाउनु पर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहीत गर्ने कार्यक्रम ल्याउन आवश्यक छ ।

‘आइटि डे पुरै देशले उत्सवका रुपमा मनाउनु पछ’, उनले भने,‘नयाँ क्रिएटरहरुलाई हौसला थप्ने थप गतिविधिहरु बढाउन आवश्यक छ ।’

मन्त्री गुरुङले नेपालमा सरकारको काम गर्ने शैली निकै पुरातन रहेको, परिणाम भन्दा पनि प्रक्रियामुखि भएकोमा गुनासो गरे । मन्त्री गुरुङले सरकारले डिजीटल नेपाल फ्रेमवर्क (डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको बताउदै आइटि क्षेत्रमा लगानी गर्न मन्त्रालय कटिबद्ध रहेको बताए ।

‘हामी आइटि क्षेत्रको आवश्यक पुर्वाधार निर्माण गर्न तयार छौँ’, उनले भने‘पुर्वाधारको प्रयोग गरेर परिणाममुखी कार्य सम्पादन गर्न नीजि क्षेत्रको सहकार्य जरुरी छ ।’

मन्त्री गुरुङले अबको युग आइटिको युग भएकाले तीन तहकै सरकारको समन्वय र सहकार्यमा आइटिको विकास सम्भव हुने धारणा राखे । मन्त्रालयका सचिव राधिका अर्यालले आइटि क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटि इन्र्टनसीपको लागि बजेट नै छुट्याएको जानकारी दिए ।

साथै हरेक वर्ष मनाउदै मनाउदै आइने आइटि डेलाई थप देश व्यापी र पारदर्शी बनाउन मार्गनिर्देशन तयार गर्नु पर्ने बताए । कार्यक्रममा सहभागी आइटि क्षेत्रका व्यक्तित्वले आइटि डेको समय थप गर्नु पर्ने, प्रदेश र स्थानीय तहलाई समेत समेटेर वृहत्तर बनाउनु पर्ने सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्