प्रधानमन्त्री ओलीले पार्टीलाई तिरे एक वर्षको मासिक लेबी र सदस्यता शुल्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आर्थिक योगदानमा आफ्नो जिम्मेवारी निभाएका छन् ।
उनले पार्टी विधानअनुसार मासिक लेबी बुझाएका हुन् । एमाले पार्टी अध्यक्ष समेत रहेका ओलीले मासिक २५ हजार रुपैयाँका दरले एक वर्षको लेबी बुझाएका छन् । पार्टी विधानमा एमालेका नेता तथा कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान छ ।
सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आज पार्टीको वित्त तथा कोष व्यवस्थापन विभागमा एक वर्षको ३ लाख ३ हजार ६ सय रुपैयाँ तिरेका हुन् । यसका साथै, उनले मासिक ३ सय रुपैयाँका दरले पार्टी सदस्यता शुल्क पनि बुझाएका छन् ।