मन्त्री दाहाल र टर्कीका समकक्षी बिच दुईपक्षिय हितका बारेमा साईडलाईन वार्ता « Arthapath.com
१५ असार २०८२, आईतबार

मन्त्री दाहाल र टर्कीका समकक्षी बिच दुईपक्षिय हितका बारेमा साईडलाईन वार्ता



काठमाडौं । टर्की भ्रमणमा रहनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा त्यहाका समकक्षी बिच भेटवार्ता भएको छ ।

टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुगेका मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अव्दुल कदीर उरालोग्लु बिच कुराकानी भएको हो । उनीहरु बिच दुईपक्षिय हितका बारेमा साईडलाईन वार्ता भएको जनाइएको छ ।

उक्त समारोहलाई सम्बोधनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका थिए ।

नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगिकार गरेको उल्लेख गर्दै निर्माणाधीन करीडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकहरुलाई जोड्ने बताए ।


प्रतिक्रिया दिनुहोस्