भौतिक मन्त्री दाहाल स्वदेश फिर्ता « Arthapath.com
१६ असार २०८२, सोमबार

भौतिक मन्त्री दाहाल स्वदेश फिर्ता



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरि स्वदेश फर्किएका छन् ।

टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहिबार त्यस तर्फ गएका थिए । मन्त्री दाहालले आफ्नो ईस्तानबुल भ्रमण फलदायी भएको बताए ।

उक्त समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका थिए ।

यस्तै सोहि भ्रमणका क्रममा मन्त्री दाहाल तथा त्यहाँका समकक्षी बीच भेटवार्ता भएको थियो । मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अव्दुल कदीर उरालोग्लु बीच दुई पक्षीय हितका बारेमा साइड लाइन वार्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्