रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाँदै प्रधानमन्त्री ओली « Arthapath.com
२४ असार २०८२, मंगलबार

रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाँदै प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न जाने भएका छन् ।

उनीसँग गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनेछन् । प्रधानमन्त्री बालुवाटारबाट हेलिकोप्टरमार्फत प्रस्थान गर्ने छन् भने गृहमन्त्री र अर्थमन्त्री अर्को हेलिकोप्टरमार्फत विमानस्थलबाट उड्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्