१२ करोडमा भिबोर क्यापिटल किन्यो मुक्तिनाथले « Arthapath.com
२१ श्रावण २०७६, मंगलवार

१२ करोडमा भिबोर क्यापिटल किन्यो मुक्तिनाथले



१ महिनापछी एजिएमबाट नाम परिर्वतन हुने
काठमाडौं÷ मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटल किनेको छ । उसले गत सातानै पैसा बुझाएर ५२ प्रतिसत सेयर किनेको हो ।
विकास बेंकहरुमध्ये राम्रो ग्रोथ गरिरहेको मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको बहुमत सेयर किनेको हो । उसले आगामी १ महिनाभित्र हुने वार्षिक साधारणसभाबाट नाम परिवर्तन गर्ने जनाएको छ ।
लुम्बिनी विकास बैंकको सहायक कम्पनी रहेको भिबोर क्यापिटल लिमिटेड केही समयअघि गुरुप्रसाद न्यौपाने समुहले किनेको थियो । लुम्बिनी विकास बैंकसग बहुमत सेयर खरिद गरेर न्यौपानेले सोको कार्यालय कृष्णगल्ली पुल्चोकबाट आफ्नै कार्यालय थापाथलीमा सारेका थिए । भिबोर बैंकबाट आएका कर्मचारीमध्ये एकजना मात्र राखेर उनले सबै आफनै मान्छे राखेर कम्पनी चलाइरहेका थिए । यसैबिच न्यौपाने समुहले पनि सो कम्पनी चलाउन नसक्ने देखेर मुक्तिनाथलाई बिक्री गरेको हो ।
अहिले भिबोर क्यापिटल मुक्तिनाथ विकास बैंकले किनेको छ । मुक्तिनाथले ५२ प्रतिशत सेयर खरिद गरेर कम्पनीको नाम परिवर्तन गर्न सर्तमा भिबोर क्यापिटल किनेको हो ।
मुक्तिनाथ विकास बैंकले किनेसँगै अब मुक्तिनाथ क्यापिटलको नाममा सन्चालन गर्ने तयारी गरिदैछ । आफुले कम्पनी नै खरिद गरेका कारण मुक्तिनाथ विकास बैंकले आफ्नो २० प्रतिशत हकप्रद निष्काशनको जिम्मा पनि भिबोर क्यापिटललाई नै दिएको छ । जबकी यसअघि एनआईबिएल क्यापिटलले मुक्तिनाथको सेयर बिक्री प्रवन्धकको काम गर्दैे आइरहेको थियो ।
हाल भिबोर क्यापिटलमा शौरभ तिम्सिना सिइओ छन । मुक्तिनाथले सबै कर्मचारी टिम सहित लिने गरी कम्पनी खरिद गरेको हो । तर यसमा लुम्बिनी विकास बैंकको सेयर अझै पनि बाँकी छ ।
७ करोड पुजी रहेको भिबोर क्यापिटलको चुक्तापुजी बृद्धी गरेर २० करोड बनाउएको छ । मुक्तिनाथले १२ करोड हाल्ने गरी कम्पनी खरिद गरेको बताइएको छ । मुक्तिनाथ विकास बैंकका प्रबद्र्धक तथा पूर्व सिईओ भरतराज ढकालले भिबोर क्यापिटलसँग कुरा फाइनल भएको र १ महिनापनि हुने साधारणसभाले मुक्तिनाथ क्यापिटलको नाम रहने बताए ।
अहिले अधिकांश बाणिज्य बैंकहरुको सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकर स्थापना भैसकेको छ । विकास बैंकहरुमध्ये तत्कालिन एस डेभलपमेन्ट बैंकले एस क्यापिटल चलाएको भए पनि नेपाल इन्भेष्टमेन्ट बेंकसग मर्ज भएसग एस क्यापिटल पनि एनआइबिएल क्यापिटलमा गाभिइसकेको छ । हाल कुनै पनि विकास बैंकसग मर्चेन्ट बैंकर छैन । मुक्तिनाथले मर्चेन्ट बैंक कम्पनी सन्चालन गरेर म्यूचुअल फण्ड समेत व्यवस्थापन गर्ने योजना अनुसार भिबोर क्यापिटल किनेको बताइएको छ । विकास बैकहरुमा मुक्तिनाथ १ नम्बर विकास बैंक हो ।
बाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक र नेपाल बैंकको मात्र मर्चेन्ट बैंकर कम्पनी छैन । अरु सबै २६ वटै बैंकले मर्चेन्ट बैंकर कम्पनी सन्चालनमा ल्याइसकेका छन । स्वतन्त्र रुपमा रहेका मर्चेन्ट बैंकरहरु पनि अहिले लगानी व्यवस्थापन सेवामा मात्र केन्द्रीत छन । उनीहरुले सेयर रजिष्ट्रार र बिक्री प्रवन्धक आदीको लाइसेन्स छाडिसकेका छन ।


प्रतिक्रिया दिनुहोस्