प्राइम बनाएका नारायणदाश अव के गर्छन ? « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

प्राइम बनाएका नारायणदाश अव के गर्छन ?



काठमाडौं । आगामी भदौ महिनासम्म सिईओको कार्यकाल बाँकी छदै गत शुक्रबार प्राइम बैंकको संचालक समिति बैंठकले सिईओको कार्यकाल थप गर्ने निर्णय ग¥यो । प्राइमलाई के थाहा थियो भने नयाँ नियुक्तीलाई रोक्ने र पहिले भैसकेकालाई एक ट्रम खान दिनेगरी उमेर हद आउँदै छ भनेर । त्यसैले त कार्यकाल बाँकी भएको २ महिना अगावै नारायणदाश मानन्धरलाई फेरी ४ वर्षको लागी सिईओ नियुक्ती ग¥यो प्राइम बैंकले । हुनत नारायणदाश आफै सो बैंकका प्रमोटरसमेत हुन । उनका परिवार र नातागोताकोसमेत लगानी रहेको प्राइम बैंकमा उनको कुरा काट्ने बोर्ड वा प्रमोटर कोही छैनन् ।
उमेरले ८ दशक लाग्दा समेत नारायणदाश मानन्धर प्राइमको सिईओमा पुन नियुक्त भए भन्दा धेरैले पत्याएनन् । त्यसको २ दिनमै राष्ट्र बैंककले तत्काल सिइृओको हकमा ६९ वर्ष र संचालकको हकमा ७४ वर्षसम्म काम गर्नु अन्यथा आजैको मितिदेखी कटने आदेश दियो । सिईओको पुर्ननियुक्ती भएको २ दिनमै जागिर गयो नारायणदाशको । बैंकिङ क्षेत्रका सबैभन्दा पाका बैंकर हुन नारायणदाश । तैपनि प्राइम बैंक खोलेर १२ वर्ष आफैले बैंक हाँके । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन । उनले जिरोबाट सुरु गरेको प्राइमलाई प्रतिस्प्रर्धि बजारमा राम्रो अव्वल संस्थागत शुसासनका हिसावले पनि राम्रो बैंक बनाए । सोही समयमा खुलेका अन्य बैंकको तुलनामा सेयरधनीले पनि राम्रो रिर्टन पाए ।
खप्तड बाबाका अनुन्यायी नारायणदाश जति योज ध्यानमा समय दिन्छन त्योभन्दा बढी बैंकिङमा । अहिलेपनि उनलाई काम गर्न कुनै अफ्टेरो छैन । बैंक राम्रो बनाएकाले आत्मा शन्तुष्टिले पनि काम गर्न जाँगर मिलेको छ उनलाई ।
नारायणदाशको बैंकिङ यात्रा
प्राइम खोल्नु अघि उनि नेपाल बंगलादश बैंकको जिएम थिए । कृषि विकास बैंक स्थापनाकालदेखीनै कार्यरत उनि त्यहा ३ दशक विताए । त्यसपछि सरकारी अर्को राष्ट्रि बाणिज्य बैंकको एजुकेटिभ डाइरेक्टर भएर ४ वर्ष हाँके । त्यसबेला कार्यकारी संचालक कुन पाइन्थ्यो । त्यसपछि लुम्बिनी बैंक समस्यामा प¥यो । राष्ट्र बैंकले खोजिग¥यो उनै नारायणदाशलाई । उनि लुम्बिनी बैंक सुर्धान तत्कालिन मानन्धरकै सैयोजकत्वमा राष्ट्र बैंकका उप निर्देशक शिवनाथ पाण्डे र कर्मचारी संचय कोषका तत्कालिन प्रशासक राजेशराज कर्णिकारको टोलीले काम ग¥यो । त्यसपछि नारायणदाशले लुम्बिनी बैंकलाई बचाइदिए र व्यवस्थापन हस्तान्तरण गरे । त्यसको केही समयमै नेपाल बंगलादेश बैंकमा पनि त्यस्तै समस्या आएको थियो । उनले त्यहाँ पनि १ एमडि भएर बैंक सम्हाले । सरकारको धान चामल कम्पनीमा समेत जिएम भएर काम गरेका उनि केषल नेतृत्व दिन सक्ने बैंकर हुन ।
नारायणदाशको प्राइम यात्रा
लामो समय बैंकिङ गरेपनि नारायणदाशले आफ्ना कोर ४ जना नेवार टिम लिएर प्राइम बैंक खोल्ने निधोमा पुगे । आजभन्दा १२ वर्ष अघि उनले ग्लोवल बैंकबाट मोतीकाजी तुलाधर, बंगलादेश बैंकबाट भाइराजा तुलाधर र राष्ट्रिय वाणिज्य बैंकबाट संजिव मानन्धरसहितको टिम जुटाए । सो टिमले बैंक अपरेसन पुर्व ६ महिनामा विना तलव काम ग¥यो । पछि खुलेका बैंकहरुले प्रमोटरको पैसामा महंगा गाडी र भव्य कार्यलय बनाइरहन्दा आफ्नो समेत लगानी भएका यी टिमले प्राइमलाई मितव्ययी अपरेसन कष्ट कम गर्दै राम्रो रिर्टन दिन सफल भए । नारायणदाशको १२ वर्ष अगाडीका यी टिम अहिले पनि उत्तिकै मिलेर काम गरिरहेका छन । अरु बैंकमा सिनियर कर्मचारीको मुभमेन्ट भैरहदा प्राइममा भने त्यसो भएन ।
कसरी बाहिएि नारायणदाश
मंगलबार नारायणदाशको अनुहार मलिन थियो । १२ वर्षे प्राइमको यात्रामा अर्पझट छोड्नुपर्दा उनमा निराशामा पनि उत्तिकै थियो । सबै कर्मचारीलाई के छ भन्दै उनले अव आजबाट विदा हुँदैछु राम्रो सँग काम गर्नु भन्दै थिए । एक र्मचारुीलाई त उनले खोइ छोरा देखाउन ल्याइनौं सम्म भन्न भ्याए । कर्मचारीलाई नम्र व्यवहार गर्ने नारायणदाशको कार्यकक्ष यस पंतिकार पुग्दा सन्नाटा छाएको थियो । छेवैमा थिए अध्यक्ष राजेन्द्रदाश श्रेष्ठ । उनलाई हामीले सोधिहाल्यौ अव कहिले कामु सिईओ तोक्नुहुन्छ ? उनले भोली बोर्ड बोलाएर कामु त दिनैप¥यो ।
राष्ट्र बैंकले सिईओको २ कार्यकाल तोकेको छ । नारायदाश १२ वर्ष अथार्त ३ कार्यकाल प्राइममा सिईओ भैसकेका छन । राष्ट्र बैंक ऐन २०७३ बैंसाख १० गते राष्ट्रपतीबाट लालमोहोर लाग्यो । सोही समयमा बहाल रहेका सिईओको १ कार्यकाल गणना गर्दै कतिपय सिईओले तेस्रो कार्यकाल रिन्यु गराए भने केही गर्ने तरखरमा छन । बैंकको इन्टरनल स्टममा सिईओका कार्यकाल यस अघिका सबै कार्यकालको गणना गरी राष्ट्र बैंकमा पेश गरेको भए बहाल रहेको मात्र एक कार्यकाल सिईओ बन्न पाउने व्यवस्था छ । त्यै व्यावस्थालाई टेकेर नारायणदाशको पनि पुन एक कार्यकाल थप भयो । त्यो थप भएको कार्यकाल २ दिन पनि टिकेन । उनि अदालत न्यायको लागी गएका छन । अदालतले उनलाई जिताइदिएमा वा राष्ट्र बैंक एजबार बाट व्याक भएमा नारायणदाश पुन ४ वर्ष सिईओ हुन सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्