वीरेन्द्र खाङले जिते आइएमईको ४ लाख ७७ हजार « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

वीरेन्द्र खाङले जिते आइएमईको ४ लाख ७७ हजार



आइएमईले डबलको डबलको डबल अफर योजना अन्तर्गत बम्पर उपहार पाउनेको नाम सार्वजनिक गरेको छ । आइएमईका सञ्चालक चन्द्र ढकाल तथा ब्राण्ड एम्ब्यासडर दीपकराज गिरीले कम्प्युटरमार्फत् बम्पर उपहार विजेता खात्वे वीरेन्द्र खाङको नाम सार्वजनिक गरे ।

खाङले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले डबलको डबलको डबल उपहार अन्तर्गत ८ गुणा बढी ४ लाख ७७ हजार ८५६ रुपैयाँ जितेका हुन् । आइएमईले भदौ १५ गतेदेखि मंसिर १ गतेसम्म ७७ दिनका लागि दशैं, तिहार र छठलाई लक्षित गरी अफर लागू गरेको थियो । जसमध्ये दैनिक लक्की ड्रमार्फत ११ हजार ९३१, साप्ताहिक रुपमा २२ जना र मासिक रुपमा ४ जना विजेता भइसकेका छन् ।

खाङले पठाएको रकम सप्तरीमा उक्त रकम बुझ्ने सावित्रीदेवी मण्डलले पाउनेलाई दिइनेछ । उनले सप्तरीमै रहेको काउन्टरबाट उक्त रकम लिएक कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्