सुनको मुल्य फेरि बढ्यो, कति पुग्यो तोलामा ? « Artha Path
१९ माघ २०७६, आईतवार

सुनको मुल्य फेरि बढ्यो, कति पुग्यो तोलामा ?



काठमाडौं । सुनको मुल्य बृद्धिले दिनका दिन आफ्नै रेकर्ड तोड्दै गएको छ । मूल्यवृद्धिमा लगातार रेकर्ड बनाइरहेको सुनको भाउ पुनः बढेको हो । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७६ हजार ५ सय पुगेको छ । शुक्रबार प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरि चाँदीको मूल्यमा पनि आइतबार तोलामा ५ रुपैयाँले बढेर ८ सय ९५ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार प्रतितोला ८ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबारका दिनमा सुन प्रतिऔंस १५८७.९० डलरमा अन्तराष्ट्रिय बजारमा कारोवार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्