मानुसी लघुवित्त संस्थाले जापानबाट १ करोड ५ लाख येन ऋण ल्यायो « Arthapath.com
१९ माघ २०७६, आईतवार

मानुसी लघुवित्त संस्थाले जापानबाट १ करोड ५ लाख येन ऋण ल्यायो



काठमाडौं । मानुसी लघुवित्त वित्तीय संस्थाले जापानबाट क्रृण भित्र्याएको छ । मानुसी लघुवित्त वित्तीय संस्थाले १ करोड १० लाख येनका लागि स्वीकृति लिएको भएपनि १ करोड ५ लाख येनमात्रै पाएको हो । एसियन पिपुल्स फण्ड जापानबाट ल्याएको १ करोड ५ लाख येन ऋण लेखाङ्कनका गर्नका लागि राष्ट्र बैंकमा निवेदन दिएको छ । वार्षिक ५ प्रतिशत ब्याज तिर्ने गरी ल्याएको क्रृण आगामी ५ वर्षभित्र भुक्तानी गरिसक्नुपर्छ । नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजीको सत प्रतिशत ऋण ल्याउन पाइने ब्यवस्था गरेपछि बैंकहरूले हालसम्म ३ करोड १५ लाख डलर भित्र्याईसकेका छन् । जसमा ३ वटा लघुवित्तले २ करोड ६ लाख डलर र १ करोड ५ लाख येन भित्र्याएका हुन् ।


प्रतिक्रिया दिनुहोस्